YouTube Link

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय समितिलाई पूर्णता दिने तयारी

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरेका छन् ।

 

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिने भएका हुन् ।

 

१४औं महाधिवेशनबाट कांग्रेसको १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

 

विधानले सभापतिलाई थप ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने अधिकार दिएको छ ।

 

कांग्रेस विधानको धारा २१ को उपधारा (१०) मा भनिएको छ, ‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्संख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्नेछ ।’

 

जस अन्तर्गत सभापति देउवाले यसअघि दुई चरणमा गरी १३ जना केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् ।

 

उनले पहिलो चरणमा गत पुस १७ गते १० र दोस्रो चरणमा पुस १८ गते ३ जना गरी १३ सदस्य मनोनयन गरेका हुन् ।

 

पहिलो चरण अन्तर्गत महाधिवेशनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिमा प्रतिस्पर्धा गरेका नेताद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, उपसभापतिमा पराजित नेताद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला,  महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी, र मीनबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा भइसकेका छन् ।

 

यस्तै दोस्रो चरणमा देउवाले सभापतिमा उठेर हारेका अर्का उम्मेदवार कल्याणकुमार गुरुङ, आफ्नै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका हुन् ।

 

मनोनयन गरिनुपर्ने केन्द्रीय सदस्यको कूल संख्या ३३ मध्ये अब बाँकी २० जनालाई सोमबारसम्म चयन गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ ।

 

सभापति देउवाले कोषाध्यक्ष छनोट गर्न पनि बाँकी छ । कांग्रेसको विधानमा सभापतिको प्रस्तावमा केन्द्रीय समितिले कोषाध्यक्ष चयन गर्ने प्रावधान छ ।

 

विधानको धारा २१ को उपधारा (४) मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष १’ उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...