Rajshow Bivag

एमसीसी संसदमा टेबुल गराउने प्रधानमन्त्री देउवाको तयारी

Departmant of helth services

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई सांसदबाट अनुमोदन गराउने निर्णायक कसरत शुरु गरेका छन् ।

 

एमसीसी टेबुल गर्न समेत सत्तारुढ गठबन्धन तयार नभएपछि प्रधानमन्त्री देउवा गठबन्धन नै टुटाएर भएपनि संसद्को यसैअधिवेशनमा एमसीसी टेबुल गर्ने तयारीमा जुटेका छन् ।

 

एमसीसीबाट कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार (फ्रेबुअरी ३) मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखेको ५ महिनाभित्र संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतापत्रको जवाफ पाएसँगै प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने निर्णायक कसरतमा लागेका हुन ।

 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेप्टेम्बर २९ मा एमसीसीलाई ५ महिनाभित्र एमसीसी पारित गराउने प्रतिबद्धता पत्र पठाएका थिए ।

 

पत्रमा बाहले अबपनि नेपाल सरकारले जनाएको समयसी भित्र एमसीसी पारित नभए नेपाललाई दिएको सहायता निरन्तरता दिने कि नदिने भन्ने भन्नेबारे मार्चमा बैठक बसी छलफल गर्ने व्यहोरा समेत उल्लेख गरेकाले प्रधानमन्त्री अब एमसीसीलाई होल्ड नगरी संसदबाट पारित गर्ने निर्णयमा पुगेका हुन ।

 

एमसीसीले देउवा र दाहाललाई संबोधन गर्दै पठाएको संयुक्त पत्रमा एमसीसीबारे निर्णय नभए नेपालसँगको एमसीसीको सहकार्य अन्त्य हुने व्यहोरा उल्लेख भएकाले अब प्रधानमन्त्री देउवा आफ्नो विश्वसनियता गुम्न नदिने बरु गठबन्धन नै तोडेर भएपनि प्रक्रिया अगाडी बढाउँने मनस्थितीमा पुगेको स्रोतको भनाई छ ।

 

देउवाले गतसातादेखि एमसीसीबारे गठबन्धनका दलहरुलाई मनाउँने धेरै प्रयास गरेपनि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले सहमति नजनाएपछि प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर भएपनि एमसीसी अगाडी बढाउने प्रयत्न थालेको बालुवाटारनिकट स्रोतले जनायो ।

 

प्रधानमन्त्री निकट स्रोतले भन्यो- प्रधानमन्त्री ज्यूले गठबन्धनका नेताहरुसँग सहमतिको प्रयास धेरै गर्नुभयो, कम्तीमा टेबुल सम्म गरौं भन्नुभयो तर एक सातालामो समयदेखी केहीपनि प्रगति भएन, एकजनाले अर्को देखाउने अर्कोले अर्को कुरा गर्दै समयमात्र लम्बिने भएपछि प्रधानमन्त्री अब एमसीसी ढिला नगरी अगाडी बढाउने निर्णायक तयारीमा हुनुहुन्छ अब कुनैदल मानेपनि नमानेपनि एमसीसी टेबुल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

 

स्रोतले भन्यो- सकेसम्म गठबन्धन यथावत नै राख्ने र एमसीसीबारे संसदमा टेबुल गरी निर्णयको अधिकार दिने नभए आफ्नो प्रतिबद्धता, विश्वसनियता र देशको अर्थतन्त्रकै भविष्यसँग गासिएको एमसीसी गुम्न नदिन प्रधानमन्त्रीले निर्णायक प्रयास थाल्ने निष्कर्षमा पुग्नुभएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...