YouTube Link

एमसीसी संसदमा टेबुल गराउने प्रधानमन्त्री देउवाको तयारी

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई सांसदबाट अनुमोदन गराउने निर्णायक कसरत शुरु गरेका छन् ।

 

एमसीसी टेबुल गर्न समेत सत्तारुढ गठबन्धन तयार नभएपछि प्रधानमन्त्री देउवा गठबन्धन नै टुटाएर भएपनि संसद्को यसैअधिवेशनमा एमसीसी टेबुल गर्ने तयारीमा जुटेका छन् ।

 

एमसीसीबाट कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार (फ्रेबुअरी ३) मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखेको ५ महिनाभित्र संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतापत्रको जवाफ पाएसँगै प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने निर्णायक कसरतमा लागेका हुन ।

 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेप्टेम्बर २९ मा एमसीसीलाई ५ महिनाभित्र एमसीसी पारित गराउने प्रतिबद्धता पत्र पठाएका थिए ।

 

पत्रमा बाहले अबपनि नेपाल सरकारले जनाएको समयसी भित्र एमसीसी पारित नभए नेपाललाई दिएको सहायता निरन्तरता दिने कि नदिने भन्ने भन्नेबारे मार्चमा बैठक बसी छलफल गर्ने व्यहोरा समेत उल्लेख गरेकाले प्रधानमन्त्री अब एमसीसीलाई होल्ड नगरी संसदबाट पारित गर्ने निर्णयमा पुगेका हुन ।

 

एमसीसीले देउवा र दाहाललाई संबोधन गर्दै पठाएको संयुक्त पत्रमा एमसीसीबारे निर्णय नभए नेपालसँगको एमसीसीको सहकार्य अन्त्य हुने व्यहोरा उल्लेख भएकाले अब प्रधानमन्त्री देउवा आफ्नो विश्वसनियता गुम्न नदिने बरु गठबन्धन नै तोडेर भएपनि प्रक्रिया अगाडी बढाउँने मनस्थितीमा पुगेको स्रोतको भनाई छ ।

 

देउवाले गतसातादेखि एमसीसीबारे गठबन्धनका दलहरुलाई मनाउँने धेरै प्रयास गरेपनि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले सहमति नजनाएपछि प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर भएपनि एमसीसी अगाडी बढाउने प्रयत्न थालेको बालुवाटारनिकट स्रोतले जनायो ।

 

प्रधानमन्त्री निकट स्रोतले भन्यो- प्रधानमन्त्री ज्यूले गठबन्धनका नेताहरुसँग सहमतिको प्रयास धेरै गर्नुभयो, कम्तीमा टेबुल सम्म गरौं भन्नुभयो तर एक सातालामो समयदेखी केहीपनि प्रगति भएन, एकजनाले अर्को देखाउने अर्कोले अर्को कुरा गर्दै समयमात्र लम्बिने भएपछि प्रधानमन्त्री अब एमसीसी ढिला नगरी अगाडी बढाउने निर्णायक तयारीमा हुनुहुन्छ अब कुनैदल मानेपनि नमानेपनि एमसीसी टेबुल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

 

स्रोतले भन्यो- सकेसम्म गठबन्धन यथावत नै राख्ने र एमसीसीबारे संसदमा टेबुल गरी निर्णयको अधिकार दिने नभए आफ्नो प्रतिबद्धता, विश्वसनियता र देशको अर्थतन्त्रकै भविष्यसँग गासिएको एमसीसी गुम्न नदिन प्रधानमन्त्रीले निर्णायक प्रयास थाल्ने निष्कर्षमा पुग्नुभएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...