Rajshow Bivag

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा, बुधबार बिहान ९ बजेदेखि मतदान

Departmant of helth services

 

 

काठमाडौं: बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।

 

सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ ।

 

प्रदेश १ मा दुई र अन्य प्रदेशहरुका एक/एक वटा मतदान स्थल छन् ।

 

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ ।

 

यसैगरी प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

 

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ ।

 

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ ।

 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भाग लिन पाउँछन् ।

 

सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।

 

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ ।

 

रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् ।

 

हरियो रंगको मतपत्र भने प्रदेशसभा सदस्यले प्रयोग गर्ने छन् ।

 

निर्वाचनका लागि मतदाताले आफ्नो परिचय खुल्ने सरकारी कागजात बोक्नुपर्ने आयोगले जनाएको छ ।

 

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...