Rajshow Bivag

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट प्रचार गर्न नपाइने

Departmant of helth services

 

 

काठमाडौं: माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट लागू हुँदैछ ।

 

मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

 

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाईने छैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ ।

 

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

 

मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।

 

साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

 

राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

 

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।

 

सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१

  काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी...

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:०५

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस...

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...