YouTube Link

नेकपा माओवादी केन्द्रको नयाँ केन्द्रीय कमिटी सदस्य चयनका लागि आइतबार मतदान हुने

Facebook Link

 

काठमाडौं: काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतबार बिहानदेखि मतदान हुने भएको छ ।

 

निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ ।

 

निर्वाचन कार्यतालिका अनुसार आज राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको छ ।

 

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११:१५ बजे हुने जनाइएको छ ।

 

मतदान बिहान ११:०० बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

 

पार्टीको विधान अनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य २९९ रहेको छ ।

 

जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक आधारमा सदस्य चयन हुने माओवादीले व्यवस्था गरेको छ ।

 

निर्वाचन समितिले निर्वाचन प्रकृया अगाडि बढाउँदै १७४२ जना प्रतिनिधिको नाम टाँस गरिसकेको छ ।

 

नाममा असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । बेलुका ६ बजे टाँस गरिने नामको सूचीपछि कुनै उजुरी लाग्ने छैन ।

 

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

 

पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

 

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ ।

 

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...