YouTube Link

नेतृत्व चयनका लागि ३ घण्टामा बन्दसत्र सकेर ८ घण्टामा मतदान गराउने एमाले योजना

Facebook Link

 

काठमाडौं: नेकपा (एमाले) ले १०औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई छरितो बनाउन बन्दसत्रको कार्यक्रम ३ घण्टाभित्रै सिध्याएर निर्वाचन प्रक्रिया आरम्भ गर्ने भएको छ ।

 

१० मंसिरमा नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन भएपछि बन्दसत्र र निर्वाचन कार्यक्रम भने पर्यटकीय नगरी सौराहमा हुनेछ ।

 

११ मंसिर बिहानदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको सुरुवातसँगै अध्यक्ष मण्डलले कार्यक्रम सञ्चालन गर्ने, समसामयिक राजनीतिक विषयमा प्रस्ताव पेस र लगत्तै पारित गर्ने कार्यक्रम छ ।

 

महाधिवेशन सफलताको शुभकामना दिन सशरीर उपस्थित हुने विदेशी अतिथिहरुले बन्दसत्रभित्रै शुभकामना दिने कार्यक्रम तय गरिएको छ ।

 

विदेशी राजनीतिक दलहरुले पठाएका शुभकामना सन्देश पनि बन्दसत्रभित्रै पढेर सुनाइनेछ । बन्दसत्रको कार्यक्रम ३ घण्टाभन्दा बढी नलम्ब्याउने योजना एमालेले बनाएको छ ।

 

बन्दसत्रमा सम्बोधन, समसामयिक राजनीतिक प्रस्ताव पेस र पारित भएसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन सञ्चालनका लागि बन्दसत्रबाटै ‘निर्वाचन आयोग’ गठन हुनेछ ।

 

निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन पत्र दर्ता, दाबी/विरोध र अन्तिम नामावली प्रकाशन लगायतका काम साँझ ५ बजेसम्म सम्पन्न भइसक्नेछन् ।

 

मनोनयन र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने काम अपरान्ह पाँच बजेसम्म सम्पन्न भएपछि विद्युतीय मतपेटिकामा उम्मेदवारहरुको नाम समावेश गर्ने काम ११ मंसिर साँझदेखि नै सुरु हुनेछ ।

 

१२ मंसिरको बिहान ८ बजेदेखि सुरु हुने मतदान प्रक्रिया बेलुकी ५ बजेसम्म हुनेछ ।

 

महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि हुनेछन् भने एक सय वटा विद्युतीय मतपेटिका राखिनेछन् । मतदान गर्दा एक जनालाई २० देखि २५ मिनेटसम्मको समय लाग्ने अनुमान गरिएको छ । यस आधारमा करिब ८ घण्टाभित्र मतदान कार्य सम्पन्न हुने अनुमान एमालेले गरेको छ ।

रुपन्देहीको मतगणना स्थलमा कुटाकुट, उम्मेदवारसहित ५ जना घाइते

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...