YouTube Link

सर्वोच्च अदालतको फुलकोर्टबाट गोलाप्रथा सम्बन्धी व्यवस्था पास, विद्रोही न्यायाधीशहरू इजलास फर्किने

प्रधानन्यायाधिश राणाले निर्णयमा हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने

Facebook Link

काठमाडौं: सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ ।

बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए ।

सर्वोच्चका १९ जना न्यायाधीश सहभागी बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको र उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष पठाइने छ ।

राणाले निर्णयमा हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ ।

राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी बनेको बताएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन् ।

तर, सर्वोच्चमा भने अर्को वर्षदेखि मात्रै गोलाप्रथा लागू गर्ने भनिएको थियो । कात्तिक दोस्रो सातादेखि सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायी (नेपाल बार)ले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेपछि सर्वोच्चमा गोलाप्रथामार्फत् पेसी तोक्ने अवस्था बनेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...