काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै
वि.सं.२०७८ साउन १४ बिहीवार ०९:२७
2.9K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोभिड विरूद्ध खोप लगाउने भएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउँदैछ ।
भेरोसेल खोप आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म लगाउने कार्यक्रम छ ।
नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ ।
वि.सं.२०७८ साउन १४ बिहीवार ०९:२७




















