मिडिया काउन्सिल सम्बन्धी प्रस्तावित विधेयकका प्रावधानको विरोधमा पत्रकार महासंघ आन्दोलनमा
वि.सं.२०७६ वैशाख २९ आइतवार १२:५२
717
sharesकाठमाडौं: पत्रकारलाई बाँध्ने गरि मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले संघर्षका कार्यक्रम सुरु गरेको छ ।
स्वतन्त्र पत्रकारीताविरुद्ध सरकार लागेको भन्दै महासंघले संघर्षका कार्यक्रम सुरु गरेको हो । विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाखसम्म जरिवाना गर्ने प्रावधान ल्याउन लागेकोप्रति महासंघले आपत्ति जनाएको हो । प्रेस काउन्सिलले नयाँ मिडियालाई समेट्न नसकेको भन्दै सरकारले मिडिया काउन्सिल बनाउन लागेको हो ।
मिडिया काउन्सिललाई अर्धन्यायिक निकायका रुपमा स्थापित गर्दै दण्ड जरिवाना तोक्नेसम्मको अधिकार दिन लागिएकोमा पत्रकारले आपत्ति जनाएका छन् । काउन्सिलको अध्यक्षका लागि नाम सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने प्रस्तावित व्यवस्था छ । यसरी चयन गरिने व्यक्तिले राजनीतिक पूर्वाग्रह राख्नसक्ने भन्दै पत्रकार सशंकित बनेका छन् ।
वि.सं.२०७६ वैशाख २९ आइतवार १२:५२