YouTube Link

पर्यटकीयस्थल रामेछापको शैलुङ्ग क्षेत्रमा पर्यटकको चहलपहल

Facebook Link

रामेछाप: पर्यटकीयस्थल रामेछापको शैलुङ्ग क्षेत्रमा नयाँ बर्षको पहिलो  दिन पर्यटकहरुको घुईंचो लागेको  छ ।

 

सूर्योदयको मनोरम दृश्यावलोकन तथा वरिपरिका हिमश्रृखलाई नजिकैबाट नियाल्नका लागि प्रख्याल  शैलुङ्गको अन्य मनोरम दृश्यावलोकनका लागि समेत आन्तरीक तथा बाह्य पर्यटकको घुँइचो लागेको हो ।

 

शैलुङ्गको सय थुम्का, सूर्योदय अवलोकन, प्रसिद्ध धार्मिक पर्यटकीय केन्द्र प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गमा नयाँ बर्षको पहिलो दिन पर्यटकको घुइचो लागेको हो ।

 

गत बर्ष कोरोनाका कारण सुनसान शैलुङ्ग अहिले पर्यटकले भरिभराउ भएको छ । गत बर्षको महोत्सवपछि यस क्षेत्रमा भ्रमण गर्ने आन्तरीक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको हो  ।

 

शैलुङ्गमा एक सय भन्दा बढी प्राकृतिक  चुचुरा र थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन,  रमणीय हिमश्रृखलाहरुको अवलोकन संगसंगै यहाँको अन्य मनोरम दृश्यावलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेको दोरम्बा गाउँपालिकाका दावा शेर्पाले बताए ।

 

शैलुङ्ग पुग्न सिन्धुपाल्चोकको मुडे हुदै ढुंगे खोला खर्क  सम्म तथा  मन्थली, खिम्ती, फुलासी दोरम्बा हुँदै शैलुङ्गसम्म  र अर्को पदमार्ग मन्थली, खाँडादेवी हुँदै शैलुङ्गसम्मको सडक मार्ग मार्फत पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् ।

 

पर्यटकीय मात्र नभएर धार्मीक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको शैलुङ्ग क्षेत्रमा अहिले नेपालका आन्तरीक पर्यटक मात्र नभएर भारत तथा अन्य देशबाट पनि पर्यटकहरु आउने गरेका छन् ।

 

शैलुङ्ग क्षेत्रमा आज मात्र विभिन्न जिल्लाबाट हजारौंको संख्यामा पर्यटक आएको स्थानीय दावा शेर्पाले बताए । जंगलबाट निकै माथि उचाइमा रहेको सो  स्थानमा यस भन्दा अगाडि जिल्ला भित्रकै केहि व्यक्तिहरु मात्र घुमफिरका लागि पुग्ने गरेका भएपनि अहिले भने अन्य जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन् ।

 

३ हजार १ सय मिटर भन्दा अग्लो उक्त स्थानबाट हिमश्रृखला देख्न सकिने भएकाले पनि पर्यटकहरु आउने स्थानीयहरु बताउँछन् । शैलुङ्गको  पर्यटन प्रर्वधनका लागि जिल्लाका सवैजना लाग्नु पर्ने शैलुङ्ग दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले बताए ।

 

 

आज पनि ठूलो हावाहुरीसहित चट्याङ्ग पर्ने सम्भावना, सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...