YouTube Link

सुनुवार सेवा समाजद्वारा विभिन्न संघ-संगठनमा नवनिर्वाचित तीन प्रतिनिधहरूलाई बधाई तथा सम्मान

Facebook Link

काठमाडौं: संघीय सुनुवार सेवा समाजले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै विभिन्न संघ संगठनमा निर्वाचित भएका सुनुवार प्रतिनिधिहरूलाई बधाई तथा शुभ-कामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

बिहीबार सम्पन्न कार्यक्रममा आफ्नै कार्यालयको सभाहलमा संघीय सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवारको अध्यक्षतामा बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको थियो ।

 

समितिले नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन तथा काठमाडौं जिल्ला शाखाको ११औं अधिवेशनबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित अखबार नेपाल डटकम  www.akhabarnepal.com तथा अखबार टाईम्स साप्तहिकका सम्पादक सुबास मुखिया सुनुवार, नेपाल आदिवासी जनजाति युवा महासंघको पाँचौं अधिवेशनबाट निर्वाचित भएका सुनुवार विद्यार्थी समाजका निवर्तमान अध्यक्ष मान बहादुर सुनुवार र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको कोषाध्यक्ष पदमा निर्वाचित नवीन कुमार सुनुवारलाई बधाई तथा शुभ-कामना प्रदान गरेको थियो ।

 

 

बधाई तथा शुभ-कामना ज्ञापन कार्यक्रममा पूर्व राजपरिषद् सदस्य दाल कुमारी सुनुवारले विगतको सञ्चार क्षेत्रको चर्चा गर्दै उनले उहिलेको अखबार भनेको कागले ल्याउने सन्देश नै मुल खबर हुने र कागको खबर नै विश्वसनीय हुने बताउँदै गाउँघरमा बाँसको कप्टेरोलाई कलम बनाएर खरानीको मसीले चिठ्ठी लेखेर खबर आदन प्रदान हुने आफ्नो जीवनमा भोगेको अनुभव सुनाउँदै वर्तमानको सञ्चार क्षेत्रमा लागेका युवायुवती सफलताको शुभ-कामना व्यक्त गरे ।

 

अर्का अतिथि सुनुवार सेवा समाजका संस्थापक सदस्य प्रेम हावाली सुनुवारले समुदायको पहिचानको लागि सञ्चार जगतको भूमिका उल्लेखनीय रहने बताउँदै २ हजार ६ वर्ष अघिको सूचना सम्प्रेषणको सन्दर्भलाई जोड्दै वर्तमान सञ्चार क्षेत्रको बारेमा चर्चा गर्दै उनले अब सुनुवारको पहिचानका लागि सबैले हातेमालो गर्न सके छिट्टै त्यसको लक्ष्य हाँसिल गर्न सकिने बताए ।

 

बधाई तथा शुभ-कामना दिँदै आतिथि डा. लाल रापचाले आफू सुनुवार समुदायको पहिचानको लागि डटेर लागि परेको र सबैले सहयोग गरिदिन आग्रह गर्दै सुनुवार समुदायका सबै बुद्धिजिवीहरूलाई गहन अध्ययन र छलफलमा बस्ने बेला आएको बताउँदै पहिचानको लागि एक ढिक्का हुन जरुरी भएको बताए ।

 

कार्यक्रमका अतिथि सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष टीकाराम सुनुवारले राजनीतिक नेतृत्व र सञ्चार जगतमा समुदायको प्रतिनिधित्व निराशाजनक रहेको बताए । सुनुवार समुदायको पहिचानका लागि सरकारको चौथो अङ्गको रुपमा रहेको सञ्चार जगतमा जुन किसिमको प्रतिनिधित्व हुनुपर्ने हो त्यस्तो हुन नसक्नुका कारणहरू पत्ता लगाउनुपर्ने बताउँदै जो प्रतिनिधित्व गरिरहेका छन् उनीहरुलाई सबैले साथ सहयोग गर्नुपर्ने बताए ।

 

बधाई तथा शुभ-कामना ज्ञापन कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल आदिवासी जनजाति युवा महासंघको पाँचौं अधिवेशनबाट निर्वाचित मान बहादुर सुनुवारले समग्र सुनुवार समुदायले दिएको यो प्रेरणाले थप उर्जा मिलेको बताउँदै आभार प्रकट गरे ।

 

कार्यक्रममा संघीय सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवारले विभिन्न संघ संगठनमा नव निर्वाचित प्रतिनिधिहरुलाई आगामी दिनको सफलताको शुभ-कामना व्यक्त गरे ।

 

काठमाडौं जिल्लाका अध्यक्ष गोपाल सुनुवार, ब्रल्मिच समाजका अध्यक्ष शिव सुनुवार, महिला सुनुवार समाजबाट शोभा सुनुवार, सुनुवार विद्यार्थी समाजका सागर सुनुवार, महासचिव बीर बहादुर सुनुवार लगायतका विभिन्न क्षेत्रबाट आमन्त्रित पदाधिकारीहरू, जिल्ला तथा नगरका प्रतिनिधीहरूले शुभ-कामना व्यक्त गरेका थिए ।

 

 

आज पनि ठूलो हावाहुरीसहित चट्याङ्ग पर्ने सम्भावना, सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागको आग्रह
काठमाडौंसहित देशका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषित, भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपिल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...