चितवनको आंमपानीको चिउडे खोलामा ट्र्याक्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु, १९ जना घाइते
वि.सं.२०७७ चैत ३० सोमवार ०७:३५
1.9K
shares
चितवनः चितवनको राप्ती नगरपालिका-११ आंमपानीको चिउडे खोलामा ट्र्याक्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु भएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।
राप्ती नगरपालिका-५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका-४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । हिजो बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।
वि.सं.२०७७ चैत ३० सोमवार ०७:३५



















