माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै
वि.सं.२०७७ चैत २१ शनिवार ०९:१०
काठमाडौं: नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।
आजको बैठकले भावी रणनीतिबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए ।
आजको बैठकले एमाले पुनर्गठन गरेर जाने घोषणा गर्न सक्ने बताइएको छ ।
शुक्रबारदेखि जारी बैठकमा नेताहरुले आ-आफ्ना भनाइ राखेका थिए ।
शुक्रबारको बैठकले बोल्ने नेताहरुले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कदमबारे कडा टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीपक्षले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूह पनि एक्सनको तयारीमा जुटेको हो ।
नेपाली कांग्रेसद्वारा ओलीको राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय
वि.सं.२०७७ चैत २१ शनिवार ०९:१०