YouTube Link

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, पछिल्लो राजनीतिक अवस्था र नीतिका बारेमा छलफल हुने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाएको बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘आन्तरिक विषय अन्तर्गत महाधिवेशन, क्रियाशील सदस्यताको विषयमा छलफल हुन्छ,’ शर्माले भने, ‘बैठक बसिसकेपछि राष्ट्रिय राजनीतिको बारेमा छलफल त हुन्छ नै ।’

नयाँ सत्ता समिकरणको विषयमा चर्चा चलिरहेको बेला बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ ।

कांग्रेसमा नयाँ सत्ता समिकरणको विषयमा दुई धार देखा परेको छ ।

सभापति शेरबहादुर देउवा कांग्रेसले सत्ताको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तुरुन्तै कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसर हुनुपर्ने र केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने पक्षमा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा बङ्गलादेश जाँदै, महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...