YouTube Link

प्रिपेड कार्डमार्फत् सामाजिक सञ्जालको भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने

Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीले प्रिपेड कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनलाई बैंकिंग प्रणाली मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीले जारी गरेका प्रिपेड कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनलाई बैंकिंग प्रणाली मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था नयाँ गरेको हो ।

यो व्यवस्था अनुसार अब १ वर्षमा ५ सय अमेरिकी डलरसम्मको भुक्तानी अनलाइन प्रणालीमार्फत सहजै गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार सामाजिक सञ्जलमा न्यूज बुष्ट गर्दा तिर्नु पर्ने रकम पनि अब वैधानिक तरिका अनुसार कार्ड मार्फत भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो भुक्तानीमा अब प्यान नम्बर अनिवार्य गरेको छ ।

विदेशबाट कुनै पनि वस्तु तथा सेवा आयात गरी नेपाली पैसामा भुक्तानी गरिन्छ भने राज्यले त्यसको नियमन गर्नुपर्ने हुन्थ्यो तर हालसम्म सरकारले यो क्षेत्रलाई नियम गर्न सकिरहेको थिएन ।

नेपालमा वार्षिक रुपमा करिब १२ अर्बको विज्ञापनमध्ये करिब ४० प्रतिशत विज्ञापन सामाजिक सञ्जालहरु मार्फत हुने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका कार्ड अनलाइनमार्फत् वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पुँजीगत कारोबारको खर्चको भुक्तानीमा खर्च गर्न पाइने छैन ।

यस्ता कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, फीओएस मार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्ने समेत राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

कार्ड प्रयोगकर्ताबाट वस्तु तथा सेवा आयात बापतको खर्च भएको रकमको बिल बिजक लगायत आवश्यक विवरण माग गर्न सकिने भनिएको छ र यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राहकले सम्बन्धित इजाजतपत्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ ।

परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गर्न प्रिपेड कार्ड जारी गर्न सक्नेछन ।

जारी परिपत्रअनुसार कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरे बापत आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा नै जम्मा हुनुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले अर्को सूचना जारी गर्दै मौरिससमा रहेको एम एण्ड एम रेमिट्यान्स कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको भन्दै नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग वित्तीय कारोबार नगर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले सुचना जारी गर्दै कम्पनीले कम्पनी बाँकी कारोबार छ भने भुक्तानी लिन भन्दै आगामी दिनमा थप कारोबार नगर्न भनेको छ ।

एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनु पर्ने भए उठाउन समेत निर्देशन दिएको छ ।

Prepaid-card

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...