YouTube Link

आगामी कदमका विषयमा छलफल गर्दै नेकपा संसदीय दलको अन्तिम बैठक सम्पन्न

Facebook Link

काठमाडौं: साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सम्पन्न भएको छ ।

पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएको र सर्वोच्च अदालतले पार्टी एकता पछिको नाम खारेज गरेर पुरानै अवस्थामा फर्काइदिएपछिको अवस्थाका विषयमा छलफल गर्दै बैठक सकिएको साविक नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले साविक नेकपाकै संसदीय दलको बैठक बसेको र आगामी कदमका विषयमा छलफल भएको जानकारी दिएका छन् । भट्टराईका अनुसार बैठकमा मुख्य चार विषयमा संसदीय दल निष्कर्षको नजिक पुगेको छ ।

संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा निर्णय गरेको छ ।

यस्तै बैठकले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चाँडो भन्दा चाँडो बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेताहरूको व्यवस्थान गर्ने विषयमा पनि ठोस निर्णय गरेको छ ।

विशेष गरी तत्कालीन नेकपा माओवादीबाट आएका नेताको व्यवस्थापनको कसरी गर्ने भन्नेमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा हार्दिक शुभकामना दिन गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको साविक नेकपाका सचेतक भट्टराईले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...