YouTube Link

आज मातातिर्थ औंसी, आमाप्रति श्रद्धाभाव र सम्मान प्रकट गरि मनाईदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । हरेक बर्ष वैशाख कृष्णपक्ष औंसीका दिन आफ्ना सन्तानले आमाको मुख हेर्ने दिनको रुपमा यो पर्व मनाउने गरिन्छ ।

ममताकी प्रतीक आमाको आशीर्वाद लिने र आमाप्रतिको सम्मान गर्ने दिनका रुपमा परापूर्वकालदेखि वैशाख कृष्णपक्ष औंशीका दिन यो पर्व मनाउने परम्परा रहीआएको छ । आजका दिन विशेषगरि छोराछोरीले आफ्नी आमालाई मिठा-मिठा खानेकुरासहित लत्ताकपडा लगायतका उपहारसहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै आशिर्वाद थाप्ने गर्दछन् ।

आमाले पनि आजका दिन छोराछोरीको दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छिन् । साथै आमा नभएकाले भने आज काठमाण्डौंको पश्चिममा अवस्थित मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान गरि आमाको सम्झना गर्दछन् । मातातिर्थमा पुग्न नसक्नेहरुले अन्य देव तथा तीर्थस्थलमा आमाका नाममा सिदा दान गर्ने परम्परा रहिआएको छ ।

मातातिर्थकोबारेमा भने परापूर्व कालमा घना जंगलरहेको यस क्षेत्रमा गोठालाहरुले खाजा खाइरहेको समयमा एउटा गोठालाको रोटी उसको मुखमा नपरी कुण्ड भएतिर गएको र उक्त गोठालोले कुण्डमा आमाको दर्शन पाएको किंवदन्ती रहेको छ । यसरी आमाको दर्शन पाएसँगै घर र्फकने समयमा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राखेपछि आफूहरुको मृत्यु भइसकेकोले हरेक वर्ष वैशाख औंसीको दिन यसै तीर्थमा आउनू भन्ने वाचासहित छोरालार्इ फर्काएको किंवदन्तीसमेत रहेको छ । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्नी आमाको मोक्ष प्राप्त गराउनको लागी मातातिर्थ औँसीको रुपमा मनाउने परम्परा रहेको मानिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...