YouTube Link

आज मातातिर्थ औंसी, आमाप्रति श्रद्धाभाव र सम्मान प्रकट गरि मनाईदै

Facebook Link

काठमाडौं: आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । हरेक बर्ष वैशाख कृष्णपक्ष औंसीका दिन आफ्ना सन्तानले आमाको मुख हेर्ने दिनको रुपमा यो पर्व मनाउने गरिन्छ ।

ममताकी प्रतीक आमाको आशीर्वाद लिने र आमाप्रतिको सम्मान गर्ने दिनका रुपमा परापूर्वकालदेखि वैशाख कृष्णपक्ष औंशीका दिन यो पर्व मनाउने परम्परा रहीआएको छ । आजका दिन विशेषगरि छोराछोरीले आफ्नी आमालाई मिठा-मिठा खानेकुरासहित लत्ताकपडा लगायतका उपहारसहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै आशिर्वाद थाप्ने गर्दछन् ।

आमाले पनि आजका दिन छोराछोरीको दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छिन् । साथै आमा नभएकाले भने आज काठमाण्डौंको पश्चिममा अवस्थित मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान गरि आमाको सम्झना गर्दछन् । मातातिर्थमा पुग्न नसक्नेहरुले अन्य देव तथा तीर्थस्थलमा आमाका नाममा सिदा दान गर्ने परम्परा रहिआएको छ ।

मातातिर्थकोबारेमा भने परापूर्व कालमा घना जंगलरहेको यस क्षेत्रमा गोठालाहरुले खाजा खाइरहेको समयमा एउटा गोठालाको रोटी उसको मुखमा नपरी कुण्ड भएतिर गएको र उक्त गोठालोले कुण्डमा आमाको दर्शन पाएको किंवदन्ती रहेको छ । यसरी आमाको दर्शन पाएसँगै घर र्फकने समयमा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राखेपछि आफूहरुको मृत्यु भइसकेकोले हरेक वर्ष वैशाख औंसीको दिन यसै तीर्थमा आउनू भन्ने वाचासहित छोरालार्इ फर्काएको किंवदन्तीसमेत रहेको छ । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्नी आमाको मोक्ष प्राप्त गराउनको लागी मातातिर्थ औँसीको रुपमा मनाउने परम्परा रहेको मानिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...