YouTube Link

लुटपाटपछि हत्याका मुख्य योजनाकार पक्राउ

Facebook Link

काठमाडौं: भक्तपुर चाँगुनारायण नगरपालिका-८, सुडालका चन्द्र बहादुर योञ्जन (लामा)को हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका मुख्य योजनाकार मध्येका सिन्धुपाल्चोक जिल्ला बाह्रविसे न.पा.-२ टिमुरे घर भएका माईला भन्ने सोनाम तामाङलाई यस महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जिल्ला काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो ।

गएको असोज ६ गते पसलमा आएका दुई जना अपरिचित व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई मृतक लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा १ किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगी कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार रहेको रहेका थिए ।

मृतकको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियो । घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाईएको छ ।

उक्त घटना पश्चात अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले “अपरेसन रक्स” संचालन गरी घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत जगातीले भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा राखेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...