YouTube Link

लुटपाटपछि हत्याका मुख्य योजनाकार पक्राउ

Facebook Link

काठमाडौं: भक्तपुर चाँगुनारायण नगरपालिका-८, सुडालका चन्द्र बहादुर योञ्जन (लामा)को हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका मुख्य योजनाकार मध्येका सिन्धुपाल्चोक जिल्ला बाह्रविसे न.पा.-२ टिमुरे घर भएका माईला भन्ने सोनाम तामाङलाई यस महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जिल्ला काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो ।

गएको असोज ६ गते पसलमा आएका दुई जना अपरिचित व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई मृतक लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा १ किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगी कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार रहेको रहेका थिए ।

मृतकको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियो । घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाईएको छ ।

उक्त घटना पश्चात अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले “अपरेसन रक्स” संचालन गरी घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत जगातीले भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा राखेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...