काठमाडौं उपत्यकामा आज मौसम सफा रहने, पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०७७ पुस २५ शनिवार ०८:५६
2.2K
shares
काठमाडौं: आज काठमाडौं उपत्यकामा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका सबैजसो भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
उपत्यकाको आकाश बिहानैदेखि खुलेको छ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।
वि.सं.२०७७ पुस २५ शनिवार ०८:५६




















