राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदै
वि.सं.२०७६ वैशाख ११ बुधवार ०९:०४
4K
sharesकाठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी चीनमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विकास सम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुन आज चीन जाँदै हुनुहुन्छ ।
चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकास सम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी आज विहान ११ बजे चीन जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नौ दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्ने, अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटनमा सहभाथी हुने र चिनमा रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहने जनाइएको छ । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
वि.सं.२०७६ वैशाख ११ बुधवार ०९:०४