YouTube Link

इण्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो

Facebook Link

काठमाडौं: चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको एक सय ७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए । हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए । चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

जितसंगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । र, दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । यस्तै चेन्नईले हैदरावादसंग यस सिजनको पहिलो खेलमा हारेको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । पराजित हैदरावादको १० खेलबाट १० अंक छ । हैदरावाद चौंथो स्थानमा रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

वि.सं.२०८२ असार १९ बिहीवार ०९:३४

काठमाडौं: एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न नेपाली महिला राष्ट्रिय...

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ असार १८ बुधवार १०:५८

काठमाडौं: एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग...

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

वि.सं.२०८२ असार ४ बुधवार ०५:३८

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...