YouTube Link

गण्डक प्रदेशमा भेट्ने बाचा सहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकियो

World Cup 2026
Facebook Link

बाँके: गण्डक प्रदेशनमा भेट्ने बाचा गर्दै आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन भएको छ । बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए ।

समारोहमा मन्तव्य राख्दै कार्यबहाक राष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको तयारीमा आजैबाट लाग्न सुझाएका थिए । उनले पुर्वाधारको निर्माण पुरा नहुँदै हुने राष्ट्रिय खेलकुद बारे आफु जानकार रहेको भन्दै पुर्वाधारको विकास बिना खेलाकुद अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको समापनसंगै नेपाली खेलकुदले ईतिहास रचेको बताए । उनले अठोट र दृढ संकल्प भएका कुनैपनि कठिन काम सम्पन्न गर्न सक्ने उदाहरण आठौं राष्ट्रिय खेलकुद बनेको दोहोर्याए ।

समापन मन्तव्य राख्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले विविध समस्याका बाबजुद आठौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको बताए । राष्ट्रिय खेलकुदलाई सरकारले सागको तयारीको रुपमा समेत लिएको बताउँदै उनले आफुहरुको ध्यान अब सागको तयारीमा केन्द्रित हुने बताए । उनले राष्ट्रिय खेलकुदमा देखिएको कमजोरी गण्डकी प्रदेशमा नदोहरिने बताए ।

प्रदेश ५ का खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रदेश नम्बर ५ ले आठौं आयोजना गरेर नेपाली खेलकुदमा ईतिहास रचेको बताए । प्रतियोगिताको बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी थिईन् । प्रतियोगिताका खेलहरु २०७५ साल चैत २७ गते नै सुरु भएका थिए ।

प्रतियोगितामा सुरुवातदेखि नै बर्चश्व कायम गरेको विभागीय टोलीले समापनसम्म आइपुग्दा समेत आफूलार्इ अब्बल सावित गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मीले १ सय ४० स्वर्ण, ८१ रजत, ६७ कास्यसहित पहिलो स्थान ओगटेको छ । दोस्रो स्थानमा पनि विभागीय टिम पुलिस पर्न सफल भएको छ । पुलिसले ६२ स्वर्ण, ४९ रजत, ४६ कास्य जितेको छ ।

तेस्रोमा अर्को विभागीय टिम ससस्त्र प्रहरीको एपीएफले ५३ स्वर्ण, ६९ रजत, ८० कास्य हात पारेको छ । यस्तै प्रदेश-३ ले २२ स्वर्ण, गण्डकी प्रदेशले १२, प्रदेश-५ ले ११, प्रदेश-१ ले ९ स्वर्ण, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण जित्यो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको एनआरएन र प्रदेश-२ ले समान ६-६ स्वर्ण जित्दा, कर्णाली प्रदेशले ३ स्वर्ण जितेको छ । प्रतियोगितामा ३ सय ३२ स्वर्ण, ३ सय ३१ रजत र ४ सय ८० कास्य गरी कुल १ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म सञ्चालन गर्ने राखेपको निर्णय छ ।

२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान आठौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गरिएको थियो । सोही समय नवौं राष्ट्रिय खेलकुद तत्कालिन पश्चिमाञ्चललाई दिने सहमती गरिएको थियो । सोही सहमतीमा टेकेर राखेपको बोर्ड बैठकले नवौं संस्करण गण्डक प्रदेशमा गर्ने निर्णय गरेको हो ।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद सुरुका तीन संस्करणपछि नियमित हुन सकेको थिएन । प्रजातन्त्र पुर्नस्थापनापछि अनियमित बनेको राष्ट्रिय खेलकुकद २०७५ सालमा आएर क्रमभंग बनेको छ । ७३ सालमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको राखेपले लगत्तै दुई बर्षमा वृहत राष्ट्रिय खेलकुदको अर्को संस्करण आयोजना गरेर ईतिहास रचेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...