काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस
वि.सं.२०७६ वैशाख ११ बुधवार ०८:५५
1.1K
sharesकाठमाडौं: काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर २९ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र भएर ५ दशमलब २ रेक्टर स्केलको कम्पन महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पनि महसुस भएको छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् । दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् ।
वि.सं.२०७६ वैशाख ११ बुधवार ०८:५५