YouTube Link

स्मार्ट लाइसेन्स वितरणमा यातायात व्यवस्था कार्यालयको चरम लापरबाही

Khanepani Dhal
Facebook Link

काठमाडौं: सवारीचालक अनुमतिपत्र व्यवस्थित गर्ने भन्दै स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको तीन वर्ष बितिसक्दा पनि सेवाग्राहीले सहज रुपमा लिन पाएका छैनन् ।

२०७२ मंसिरबाट सुरु स्मार्ट लाईसेन्स वितरणलाई यातयात व्यवस्था बिभागले अझै पनि व्यवस्थित गर्न नसक्दा करीव पाँच लाख आवेदक प्रतिक्षामा छन् । ट्रायल पास गरेका उनीहरुमा स्मार्ट लाइसेन्सको सट्टा शुल्क बुझाएको रसिदका भरमा हिडनुपर्ने बाध्यता छ ।

छपाईमा ढिलाइ मात्रै नभएर छापिएका स्मार्ट लाईसेन्स वितरण समेत समयमा हुन सकेको छैन । यातायात व्यवस्था कार्यालय ललितपुर एकान्तकुनाबाट वितरण नगरी राखिएको एक लाखभन्दा बढि लाइसेन्स जफत गरी यातायात व्यवस्था बिभागले मिनभवनस्थित आफ्नै कार्यालयबाट बितरण सुरु गरेको छ । बिभागमा नयाँ महानिर्देशक कुमारप्रसाद ढकाल आएसंगै स्मार्ट लाईसेन्स वितरण भने सुरु भएको छ ।

बिभागले छपाउने स्मार्ट लाईसेन्स वितरण भने प्रदेश मातहतका कार्यालयहरुबाट हुने व्यवस्था छ । कर्मचारीको लापर्वाहीका कारण एकान्तकुनामा जस्तै अरु यातायात कार्यालयमा पनि छापिएका लाइसेन्स थन्किएको सहजै अनुमान गर्न सकिन्छ । १० लाख स्मार्ट लाईसेन्स छपाईका लागि अह्वान गरिएको ग्लोबल टेण्डर हातपारेको भारतीय मद्रास सेक्युरिटी कम्पनीलाइ छपाइको जिम्मा दिएर तीनमहिनाभित्रै छपाइ सम्पन्न गर्ने विभागको तयारी छ ।

यसअघि स्वदेशी कम्पनीबाटै छापिएका करीब साँढे ३ लाखमध्ये ११ हजार वटामा त्रुटी भेटिएपछि विभागले स्मार्ट लाईसेन्स छपाईका लागि ग्लोबल टेण्डर अह्वान गरी नयाँ प्रक्रिया सुरु गरेको हो । सर्भर र डाटाबेस बनाएपछि सहजै रुपमा स्मार्ट लाईसेन्स छपाई गर्न सकिने विश्वास विभागले व्यक्त गरेपनि कार्यालयहरुको कार्यसम्पादन नसुध्रिएसम्म स्मार्ट लाईसेन्स बितरणमा देखिंदै आएको समस्या तत्काल टर्ने छाँट छैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...