YouTube Link

स्मार्ट लाइसेन्स वितरणमा यातायात व्यवस्था कार्यालयको चरम लापरबाही

Facebook Link

काठमाडौं: सवारीचालक अनुमतिपत्र व्यवस्थित गर्ने भन्दै स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको तीन वर्ष बितिसक्दा पनि सेवाग्राहीले सहज रुपमा लिन पाएका छैनन् ।

२०७२ मंसिरबाट सुरु स्मार्ट लाईसेन्स वितरणलाई यातयात व्यवस्था बिभागले अझै पनि व्यवस्थित गर्न नसक्दा करीव पाँच लाख आवेदक प्रतिक्षामा छन् । ट्रायल पास गरेका उनीहरुमा स्मार्ट लाइसेन्सको सट्टा शुल्क बुझाएको रसिदका भरमा हिडनुपर्ने बाध्यता छ ।

छपाईमा ढिलाइ मात्रै नभएर छापिएका स्मार्ट लाईसेन्स वितरण समेत समयमा हुन सकेको छैन । यातायात व्यवस्था कार्यालय ललितपुर एकान्तकुनाबाट वितरण नगरी राखिएको एक लाखभन्दा बढि लाइसेन्स जफत गरी यातायात व्यवस्था बिभागले मिनभवनस्थित आफ्नै कार्यालयबाट बितरण सुरु गरेको छ । बिभागमा नयाँ महानिर्देशक कुमारप्रसाद ढकाल आएसंगै स्मार्ट लाईसेन्स वितरण भने सुरु भएको छ ।

बिभागले छपाउने स्मार्ट लाईसेन्स वितरण भने प्रदेश मातहतका कार्यालयहरुबाट हुने व्यवस्था छ । कर्मचारीको लापर्वाहीका कारण एकान्तकुनामा जस्तै अरु यातायात कार्यालयमा पनि छापिएका लाइसेन्स थन्किएको सहजै अनुमान गर्न सकिन्छ । १० लाख स्मार्ट लाईसेन्स छपाईका लागि अह्वान गरिएको ग्लोबल टेण्डर हातपारेको भारतीय मद्रास सेक्युरिटी कम्पनीलाइ छपाइको जिम्मा दिएर तीनमहिनाभित्रै छपाइ सम्पन्न गर्ने विभागको तयारी छ ।

यसअघि स्वदेशी कम्पनीबाटै छापिएका करीब साँढे ३ लाखमध्ये ११ हजार वटामा त्रुटी भेटिएपछि विभागले स्मार्ट लाईसेन्स छपाईका लागि ग्लोबल टेण्डर अह्वान गरी नयाँ प्रक्रिया सुरु गरेको हो । सर्भर र डाटाबेस बनाएपछि सहजै रुपमा स्मार्ट लाईसेन्स छपाई गर्न सकिने विश्वास विभागले व्यक्त गरेपनि कार्यालयहरुको कार्यसम्पादन नसुध्रिएसम्म स्मार्ट लाईसेन्स बितरणमा देखिंदै आएको समस्या तत्काल टर्ने छाँट छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...