YouTube Link

नेकपा एकीकरणमा पूर्वएमाले पक्षधरकै आ-आफ्नै अडानले पार्टी एकीकरण नै अलपत्र

Facebook Link

काठमाडौं: पार्टी एकीकरणको एक वर्ष पुग्न एक महिना बाँकी रहँदा नेकपाका तल्लो तहको एकतामा लफडा आईरहेको छ । प्रदेश कमिटीले बनाएका संयन्त्रले स्थानीय तहका एकीकरण गरिसकेको भएपनि जिल्ला कमिटीहरुको एकीकरण भने बाँकी छ ।

जिल्ला कमिटीका अध्यक्ष र सचिव केन्द्रले तोक्ने भएकाले प्रदेश कमिटीले त्यो भन्दा तलका कमिटीहरु एकीकरण गरिरहेको बुझिएको छ । जिल्ला अध्यक्षहरु नतोकिएकै कारण पार्टी एकीकरण नै अलपत्र परेको प्रचार भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बैशाख १० अघि नै जिल्ला अध्यक्ष र सचिव तोक्ने गृहकार्यमा रहेको नेकपा स्रोतले बताएको छ ।

पार्टी एकीकरण, निर्वाचन क्षेत्र भागबण्डादेखि टिकट वितरण र केन्द्रीय र प्रदेश कमिटी गठनसम्म अपनाईएको प्रक्रिया अनुसार नै जिल्ला अध्यक्ष टुंग्याउने ओली पक्षको अडान छ । तर माधव कुमार नेपाल पक्षधर नेताहरुले कुनै मापदण्डविना जिल्ला एकीकरण स्वीकार्य नहुने अडान लिएका छन् । नेपाल पक्षले जिल्ला अधिवेशनबाट निर्वाचित भएको बरिष्ठताका आधारमा अध्यक्ष र सचिव चयन हुनुपर्ने मापदण्ड अघि सारेको छ ।

साविक जिल्ला अध्यक्ष जनप्रतिनिधि भएको छैन भने उसैलाई अध्यक्ष बनाउने र अध्यक्ष जनप्रतिनिधि भएको भए उपाध्यक्षलाई ल्याउने यदि उपाध्यक्ष पनि जनप्रतिनिधि भएर गएको भए सचिव वा क्रमैसँग बरिष्ठताका आधारमा अध्यक्ष वा सचिव बनाउनुपर्ने नेपाल पक्षको जोड छ । यो मापदण्डका आधारमा जिल्ला अध्यक्ष र सचिव चयन गर्दा नेपाल पक्षका धेरै पर्ने अनुमान छ ।

ओली पक्षका अधिकांश अध्यक्ष, उपाध्यक्ष र सचिव स्थानीय तह, संघ र प्रदेशमा जनप्रतिनिधि बनेकाले नेपाल पक्षका नेताहरुको पालो आउने अनुमान गरिएको हो । प्रदेश कार्यदलको सिफारिस, स्थायी कमिटी र सचिवालयले बनाएको मापदण्ड, बरिष्ठता र आवश्यकताको आधारमा दुई अध्यक्षले प्रस्ताव गरेका नाम नै अन्तिम हुनुपर्ने नेपाल पक्षको तर्क छ ।

अबका केही दिनमा ओलीले चाहेजस्तै जिल्ला अध्यक्ष र सचिवको लिष्ट सार्वजनिक हुने र प्रदेश कमिटी गठनकै शैलीमा आउने जिल्ला अध्यक्ष र सचिवको सूचीमा दुई तिहाईभन्दा बढी ओली निकटहरु पर्ने केहिको दाबी छ । तर, समानान्तर कमिटीमा प्रचण्डको साथ नपाइने भएकाले नेपाल पक्ष त्यो बाटो नलाग्ने पूर्वमाओवादी नेताहरुले बताएका छन् । पूर्व एमालेबाट प्रदेश इन्चार्ज बनेका ६ जनामध्ये ३ जना नेपाल निकट छन् ।

प्रदेश १ का भीम आचार्य, प्रदेश ३ की अष्टलक्ष्मी र सुदूरपश्चिम प्रदेशका भीम रावल नेपाल निकट मानिन्छन् । तर, नेता नेपाल समूहले मापदण्ड विपरित शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री र इन्चार्ज दुवै जिम्मेवारी दिएकोमा आपत्ति जनाउँदै आएको छ ।

नेकपाभित्रका यी घटनाक्रमले प्रदेश ३ र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा नेपाल पक्षले धेरै कममात्र जिल्ला नेतृत्व पाउने देखाउँछ । नेकपाको संस्थापन पक्षले भने कुनै नेता वा गुटका नाममा भागबण्डा नहुने बताउँदै आएको छ । ओलीले चाहेनन् भने दुई प्रदेशमा पनि यसअघि सहमति भएको भनिएका व्यक्तिहरु पनि नपर्नसक्ने स्रोत बताउँछ ।

पूर्व एमालेले पाउने अध्यक्ष र सचिवमा नेता वा गुट तोकेर भागबण्डा नहुने ओलीले स्पष्ट पारेको स्रोतले बताएको छ । उनले कार्यदलबाट आएका सिफारिस र सहमति नभएका ठाउँमा व्यक्तिको बरिष्ठता, योग्ता, आवश्यकता हेरेर नाम टुंगो लगाइने जानकारी सचिवालयका पूर्व एमाले पक्षधर नेताहरुलाई दिएको बताईएको छ ।

पार्टीमा सबैलाई विश्वासमा लिएर काम गर्न खोज्दा पनि नेपाल पक्षले अनावश्यक बखेडा झिकेको ओली पक्षधरको आरोप छ । तर पूर्व माओवादीमा भने निर्वाचित संयन्त्र नभएकाले प्रचण्डले जसलाई भन्यो उही अध्यक्ष वा सचिव हुने अवस्था छ । रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठका केही नाम थपिदिने बाहेक पूर्वमाओवादीको निर्णय प्रचण्डको एकल छनोटमा हुने बुझिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...