फरक क्षमता भएकाहरुलाइ राहत वितरण

वि.सं.२०७७ कात्तिक ३ सोमवार १७:४६
960
shares
रामेछाप: कोरोनाका कारण आर्थिक अबस्था कमजोर भई दशैं मनाउन समेत समस्यामा परेका रामेछाप जिल्लाको २ वटा स्थानीय तहका फरक क्षमता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।
कोशिस कृषि सहकारी संस्थाको सहजिकरणमा जिल्लाको मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँपालिकाका फरक क्षमता भएका व्यक्तिहरुलाई लिप्रोसी मिसन नेपालको आर्थिक सहयोगमा सोमबार मन्थलीमा राहत वितरण गरिएको हो ।
चाडबाड मनाउनकालागि समस्यामा परेका सहकारी संस्थाका फरक क्षमता भएका शेयर सदस्यहरुलाई चामल, दाल, खाने तेल सहितको खाद्यान्न राहत वितरण गरिएको सहकारी संस्थाकी सचिव कविता श्रेष्ठले बताउनु भयो । संस्थाका अध्यक्ष मोहन बहादुर बुढाथोकीको अध्यक्षतामा सपन्न राहत वितरण कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेलले बृद्ध महिला सदस्यलाई राहत सामग्री उपलब्ध गराएर कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।
कार्यक्रममा रामेछाप वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गोविन्द कट्टेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कोरोनाकाकारण सवैजनालाई एकै ठाउँमा बोलाएर राहत वितरणकालागि समस्या भएकाले गाउँगाउँमा नै गएर वितरण गरिने संस्थाले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १७:४६