नेपाल चिकित्सक संघको आकस्मिक बैठक बस्दै
वि.सं.२०७७ असोज २४ शनिवार १३:०४
1.7K
shares
काठमाडौं: नेपाल चिकित्सक संघले शनिबार दिउँसो ४ बजे आकस्मिक बैठक बोलाएको छ ।
डा गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन भएपछि संघले आन्दोलनका कार्यक्रम ल्याउने तयारीका साथ बैठक बोलाएको हो ।
अनसनरत डा केसीको जीवनरक्षा र माग पूरा गर्न सरकारले कुनै ठोस कदम नउठाएकाले आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।
बैठकले आकस्मिक र कोरोना संक्रमितको उपचार बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा कार्कीले जानकारी दिए ।
वि.सं.२०७७ असोज २४ शनिवार १३:०४




















