YouTube Link

समयमै सुत्केरी भत्ता वितरण नहुँदा बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामा पुग्ने आमाहरु रुष्ट

Facebook Link

काठमाडौं: स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्तरण भएपछि स्वास्थ्य क्षेत्रमा विभिन्न खालका समस्याहरु देखा पर्न थालेका छन् । औषधि अभावदेखि लिएर सुत्केरी भत्ता वितरण समेत समयमा हुन सकेको छैन । समयमै सुत्केरी भत्ता वितरण नहुँदा बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामा पुग्ने आमाहरु रुष्ट बन्न थालेका छन् ।

जिल्लाका दशओटै स्थानीय तहहरुले समयमै सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । केही तहले मंसिरसम्मको सुत्केरी भत्ता वितरण गरेको भएपनि केहीले भने गत साउनदेखिको सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । संस्थागत सुत्केरीको संख्यामा वृद्धि ल्याउने, मातृ तथा शिशु मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य सहित सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको सुत्केरी भत्ता समयमा नपाउँदा आमाहरु समेत निराश हुन थालेका छन् ।

स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि आमाले घर फर्कने बेलामा हातमा सुत्केरी भत्ता दिने सरकारको नीति छ । समयमै बजेट निकासा नहुँदा र बजेट कम निकासा हुँदा स्वास्थ्य संस्थाहरुले सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । समयमै भत्ता नपाउँदा सेवाग्राहीहरुले विभिन्न गुनासो गर्ने गरेका छन् । देश संघीयतामा गएपछि स्वास्थ्य संस्थाहरु स्थानीय सरकार मातहत छन् । केन्द्रले सशर्त बजेटको रुपमा निकासा गर्ने सुत्केरी भत्ता समयमा निकासा नगर्दा समस्या भएको स्थानीय तहहरुले स्वास्थ्य संस्था र अस्पतालहरुलाई बताउने गरेका छन् ।

स्वास्थ्य सेवामा पहुँच पुर्याउने, यातायात खर्चकै अभावमा घरमा बच्चा जन्माउँदा हुन सक्ने जोखिमलाई कम गर्ने, संस्थागत सुत्केरीको संख्या बढाई मातृ शिशु मृत्युदरलाई घटाउने पवित्र लक्ष्यका साथ सरकारले सुत्केरी भत्ता दिदै आएको छ । पछिल्लो एक बर्ष यता सुत्केरी भत्ता वितरणमा ढिलाई हुँदा सेवाग्राही असन्तुष्ट बनेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...