YouTube Link

संखुवासभाको तीनजुरे क्षेत्रमा ‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र

Khanepani Dhal
Facebook Link

संखुवासभा: संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएपछि त्यहाँ सहभागी हुन आएका विदेशी पर्यटकहरु अलपत्रमा परेका छन् ।

महोत्सवमा सहभागी हुन भन्दै एक सय दुई देशका दुई हजार तीन सय भन्दा बढी विदेश पर्यटकहरु आएको जनाइएको छ । उनीहरुलाई धनकुटा र तेह्रथुमको सीमा क्षेत्रमा अवस्थित चित्रेबजारबाटै सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले रोकेका छन् । अहिले ती पर्यटकहरु धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले लागुपदार्थको प्रयोग, अश्लिल गतिविधी साथै खुल्ला यौन व्यवहार जस्ता क्रियाकलपाहरु हुने कारण देखाउँदै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाइएको प्रशासनले जनाएको छ । कार्यक्रम रोक लगाएको बारे प्रशासनले सार्वजनिक सूचना समेत जारी गरेको छ । गत वर्षको कार्यक्रममा पनि यस्तो किसिमको कार्य भएको भन्ने गुनासो प्रहरी कार्यालय संखुवासभामा आएको कारण रोक लगाइएको सार्वजनिक सूचनामा उल्लेख छ ।

महोत्सवमा सहभागी हुन आउने पर्यटकहरुलाई टिएमजे क्षेत्रमा फुलेका विभिन्न प्रजातीका गुराँसको अवलोकनसँगै योगा मेडिट्रसन, प्राकृतिक क्याम्पिङ, प्राकृतिक लाइभ म्यूजिक लगायतका कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै कार्यक्रम गरेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...