Rajshow Bivag

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

Departmant of helth services

 

काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्नेछन् ।

 

लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

 

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१४

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले देशभर उभौली चाड हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:११

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२

  रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान्...

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:५१

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८१ जेठ ९ बुधवार १६:४३

  काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज...