YouTube Link

पुस महिनामा २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने

Facebook Link

काठमाडौं: लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ ।

यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । काम थालनी भएपछि भएको नाकाबन्दी, मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण कार्य सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो तर कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा निर्माण कार्य सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाले आगामी पुस महिनाबाट बिजुली निकाल्ने लक्ष्य सहित बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ मार्गलगायतका करिब ९५ प्रतिशत काम सम्पन्न भएको र हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...