YouTube Link

कुमारी बैंकले एसिड आक्रमणबाट पीडितलाई रोजगारीको व्यवस्था

Facebook Link

काठमाडौं: कुमारी बैंक लिमिटेडले विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीलाई रोजगारीको व्यवस्था गरेको छ ।

 

बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो। बैंकले तीनैजनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।

रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन्। तीनैजनाले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएको बैंकले जनाएको छ। सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थायी नियुक्ति दिइने बैंकका डेपुटी सीईओ अनुजमणि तिम्सिनाले जानकारी दिए।

काठमाण्डौको कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए । संगीता मगरलाई एसएलसी परीक्षाको तयारीका लागि ट्युसन जान लाग्दा २०७१ फागुन १० गते बिहान रामेछाप फुलासीका जीवन विकले एसिड प्रहार गरेका थिए । हेटौँडाकी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला महारजगन्जका दिलीपराज केशीले एसिड आक्रमण गरेका थिए।

एसिडपीडित युवतीहरुलाई कुमारीले बैंकले अधिकृतसरहको रोजगारी दिएर उनीहरुलाई समाजमा पुनःस्थापना हुने अवसर सिर्जना गरेको अभियान्ताहरु बताउँछन्। यसले उनीहरुमाथि अपराधविरुद्ध लड्न अझै हौसला प्राप्त हुने उनीहरुको बुझाइ छ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...