चार आरोपी हतकडी सहित फरार
वि.सं.२०७७ असोज २ शुक्रवार १६:४१
3.7K
shares
काठमाडौं: महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् ।
हतकडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बिहीबार राती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीले बताए ।
वि.सं.२०७७ असोज २ शुक्रवार १६:४१



















