YouTube Link

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रधानमन्त्री बारा जाँदै

Facebook Link

काठमाडौं: बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण छोट्याएर काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री आए लगत्तै मन्त्री परिषद् बैठक बस्ने तयारी भएको एक मन्त्रीले बताए । बैठक बारा पर्साको घटनामा केन्द्रित हुनेछ । बारा, पर्सामा राति आएको हावाहुरीका कारण ३१ जनाको मृत्यु भएको छ । ५ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । आफ्नो पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

झापामा रहेका प्रधानमन्त्री हेलिकोप्टरमार्फत बारा जाँदै गरेको अधिकारीले बताए । प्रधानमन्त्रीले यो घटना दुःखद भन्दै गहिरो समवेदना प्रकट गरेका थिए । उनले उद्धार तथा राहतमा कुनै कसर नराख्न निर्देशन दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...