YouTube Link

ललितपुरमा आज बिहान ४ बजेदेखि महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

Facebook Link

ललितपुरः ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा बिहान ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

ललितपुर पुल्चोकमा कोरोनाको महामारीकाबीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मच्छिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि आज राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टका अनुसार, ललितपुर महानगरभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ ।

स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन । त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।

यो पनि… ललितपुरमा शुक्रबार (भोली) कर्फ्यू आदेश जारी

जारी विज्ञप्ति

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...