ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड नाफामा
वि.सं.२०७७ साउन २८ बुधवार १४:२७
1.7K
shares
काठमाडौं: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म २ करोड १३ लाख ३ हजार रुपैया खुद नाफा गरेको छ ।
साउन २७ गते वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष ८१ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।
हाल रू. ५० करोड चुक्तापूँजी रहेको यस बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ८१ दशमलव ९९ प्रतिशत बढी भएको छ ।
अघिल्लो वर्ष चौंथो त्रैमाससम्म रू. १ करोड ६७ लाख २२ हजार सञ्चालन नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा रू. ३ करोड ४ लाख ३३ हजार नाफा गरेको हो ।
अघिल्लो वर्षभन्दा बैंकको जगेडा कोष रकम ८१ दशमलव ५० प्रतिशत बढी रू. २ करोड ७६ लाख ५८ हजार कायम गरेको छ ।
२९ प्रतिशत बढी रू. १ अर्ब ३० करोड २८ लाख २५ हजार निक्षेप संकलन गरेको यस बैंकले १७ दशमलव ७६ प्रतिशत बढी रू. १ अर्ब १४ करोड ६६ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ ।
बैंकको कुल सम्पत्ति रू. १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रहेको छ भने कुल दायित्व रू. १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रहेको छ ।
बैंकले अघिल्लो वर्ष निष्क्रिय कर्जा ३ दशमलव ८१ रहेकामा गत वर्ष १ दशमलव ८५ प्रतिशतमा झरेको छ ।
वि.सं.२०७७ साउन २८ बुधवार १४:२७



















