YouTube Link

नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच आज श्रम सम्झौता हुँदै, पहिलो चरणमा चार क्षेत्रका कामदार प्राथमिकतामा दिईने

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच आज कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानमा प्रविधिक कमिटिका अधिकारीहरूले हस्ताक्षर गर्दैछन् । सोही अनुसार आगमी अप्रिल १ गतेदेखि भाषा परीक्षाको तयारी हुने मन्त्रालयको भनाई छ ।

१६ वर्ष अघि पनि नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच ‘जिट्को मोडल’मा समझदारी भएको थियो । जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन मोडेल अन्तर्गत सन् २००३ मा विभिन्न क्षेत्रमा परीक्षार्थी कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सहमति भएको थियो । जिट्को मार्फत हालसम्म ३ सय परिक्षार्थी कामदार जापान पुगेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । ती कामदारलाई विभिन्न म्यानपावर कम्पनीले पठाएका थिए ।

श्रम समझदारी भएसँगै जापानमा नेपाली कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । पहिलो चरणमा जापानले ४ क्षेत्रलाई प्राथमिकतामा राखेको बुझिएको छ । सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका कामदारलाई प्राथमिकता दिइने श्रम मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार जापान सरकारले नेपालबाट धेरै नर्सिङ, अनमी, केयरगिभर लगायत स्वास्थ्य क्षेत्रमा लिने प्रस्ताव गरेको छ ।

नयाँ भिसा श्रेणीअन्तर्गत आउँदो पाँच वर्षभित्रमा केयर गिभर, कृषि, उद्योगसहित यी प्राथमिकताका ४ क्षेत्रलाई बढाएर विभिन्न १४ वटा क्षेत्रमा करिव ४ लाख विदेशी कामदार भित्र्याउने जापानले लक्ष्य लिएको छ । जापान जानको लागि कामदार १८ वर्ष नाघेको पछिल्लो समय अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । अध्ययन र अन्य भिसामा करिब ८० हजार नेपाली जापानमा रहेको परराष्ट्र मन्त्रालयको तंथ्याक छ । जसमा करिब ३० हजार नेपाली अध्ययन सकेर रोजगारीमा आवद्ध रहेको जनाइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...