नक्कली भारु सहित एक मिटर ब्याजी व्यवसायी पक्राउ
वि.सं.२०७७ असार ३१ बुधवार १६:४४
1.2K
shares
काठमाडौं: झापा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षे मौसम श्रेष्ठ १ लाख ४४ हजार नक्कली भारतिय रुपैयाँ सहित पक्राउ परेका छन् ।
सुन व्यवसायको आडमा मिटर ब्याजको धन्दा चलाउँदै आएका श्रेष्ठ मिटर ब्याजी भएको खुलेको छ । श्रेष्ठको घर परिसरमा भेटिएका दर्जनौं सवारी साधन मिटर ब्याजमा पैसा दिएर धितो राखेको र श्रेष्ठले एक लाख रुपैयाँको एकै दिनमा १५ सय रुपैयाँसम्म ब्याज लिने गरेको पिडितले बताएका छन् ।
मिटर ब्याजबाट कमाएको पैसाकै आडमा सामाजिक पदसमेत हत्याएका श्रेष्ठ अहिले राजनीतिक आडमा नक्कली भारतीय रुपैयाँको कारोबार मुद्दामा आफू निर्दोष साबित गराउन प्रहरी हिरासतबाटै प्रयासरत रहेको बुझिएको छ ।
श्रेष्ठ सहित पक्राउ परेका कनकाई ४ का २९ वर्षीय आलम र झापा गाउँपालिका–५ का २४ वर्षीय हक तीनै जनालाई म्याद थप गरि विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानपछि यथार्थ विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
वि.सं.२०७७ असार ३१ बुधवार १६:४४




















