पछिल्लो २४ घण्टामा थप ११६ जना सहित कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो
वि.सं.२०७७ असार ३१ बुधवार १७:१०
1.1K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टायता नेपालमा ६९७ जना सहित ११ हजार २५ जना उपचारपछि कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा र ६ हाजर १ सय १३ जना आइसोलेसनमा छन् भने ३८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
वि.सं.२०७७ असार ३१ बुधवार १७:१०




















