YouTube Link

कोइँच कुम्सो खिँको दोस्रो विशेष साधारणसभा सम्पन्न, नौ जना नयाँ कार्यसमिति चयन, कलाकारहरुको वेजोड प्रस्तुती

Facebook Link

काठमाडौं: “सांस्कृति हाम्रो पहिचान, कलालाई सधै प्रोत्साहान” भन्ने मुल नाराका साथ कोइँच कुम्सो खिँको दोस्रो साधारणसभा सम्पन्न भएको छ । सुनुवार सेवा समाजको केन्द्रीय कार्यालय भवनमा आयोजित साधारणसभाबाट नयाँ कार्यसमितिको पनि गठन भएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष: तिलक सुनुवार, उपाध्यक्ष: दिपक सुनुवार, महासचिव: शोभा सुनुवार, सचिव: नर्जला सुनुवार, कोषाध्यक्ष: निता सुनुवार, सदस्यहरुमा सविता सुनवार, तिर्थ सुनुवार, अनुशा सुनुवार र रितु सुनुवार (राधा) चयन भएका छन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाबाट आमन्त्रित अतिथिहरुलाई संस्थाको तर्फबाट भानु सुनुवारले स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाज संघीयका अध्यक्ष रणवीर सुनुवारले शुभकामना दिँदै कोइँच कुम्सो खिँले नयाँ र पुराना कलाकाहरुलाई प्रोत्साहन र सम्बर्द्धन गर्नको निम्ति ठूलो योगदान पुर्याएको भन्दै आगमी दिनमा यस कुम्सो खिँले नयाँ-नयाँ खालको कार्य योजना लिएर अगाडि बढ्ने विश्वाश व्यक्त गर्दै शुभकामना दिए ।

कार्यक्रममा सुनुवार सेवा समाजका संस्थापक टीकाराम मुलिचाले सहभागी कलाकर्मीलाई शुभकामना व्यक्त गर्दै ठट्यौली पारामा व्यंग्यात्मक टिका टिप्पणी पनि गरेका थिए । केन्द्रीय पूर्व अध्यक्ष लोकप्रिय सुनुवारले मातृभाषा जगेर्नाका निम्ति सुनुवार भाषाबाट आफ्नो भनाई राखेका थिए । शुभकामना दिने क्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष एवं सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष अमृतबहादुर सुनुवार, सुनुवार सेवा समाज काठमाडौं जिल्ला सिमितिका आशिष सुनुवार, सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार र ब्रम्मिच समाजका अध्यक्ष शिव सुनुवारले संस्थाको प्रगति र भावी कार्ययोजनाप्रति शुभकामना व्यक्त गरेका थिए ।

 

 

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तिलक सुनुवारले सुनुवार समुदायको आफ्नो भाषा, नीति, धर्म, सांस्कृतिको विकास, संरक्षण र सम्बर्द्धन गर्न कोइँच कुम्सो खिँद्वारा विभिन्न सांगीतिक कार्यक्रमहरु मार्फत आगामी दिनहरुमा सशक्त रुपमा आगाडि बढनको निम्न नीति तथा कार्यक्रमहरु पेश गरेका थिए । जसमा सुनुवार समुदायलाई कोँइच कुम्सो खिँद्वारा भाषा कक्षहरु सञ्चालन गरि भाषा बोल्न र बुझ्न भाषा कक्षहरु सञ्चालन गर्ने बताए ।

कोइँच कुम्सो खिँले अनलाईन मार्फत आयोजना गर्ने मासिक अनलाईन लोक गीत प्रतियोगितामा प्रथम भएका कलाकारहरुलाई कोइँच सुनुवार भाषाको एक/एक वटा गीत रेकर्ड गराई कोँइच गीति एल्वम श्रव्य दृश्य सहित सार्वजानिक गरिने पनि जानकारी दिए भने सुनुवार समुदायभित्र रहेका नव कलाकार लगायत संगीत सिक्न चाहनेलाई न्यूनतम शुल्कमा संगीत कक्षाहरु पनि सञ्चालन गरिने जानकारी दिए । साथै सुनुवार समुदायभित्र नयाँ कलाकारहरुलाई प्रोत्साहन र पुराना कलाकारहरुलाई सम्मान हुने किसिमका विविध संगितिक कार्यक्रमहरु आयोजना गरिने पनि कार्यक्रममा जानकारी गराए ।

रोजगारीको शिलसिलामा विभिन्न देशहरुमा रहेर सुनुवार दाजुभाई तथा दिदी बहिनीहरुको संयुक्त पहलमा अनलाईनको माध्यमबाट स्थापित भएको कोइँच कुम्सो खिँ सुनुवार सेवा समाजको एक भातृ संस्था भएको कार्यक्रममा जानकारी गराईएको थियो । विशेष गरि कुवेत, कतार, नेपाल, युएई, मलेसिया, साईप्रस, लेवनान, ईराक, साउदी अरेविया लागायतका देशहरुबाट २०७४ सालमा कोइँच कुम्सो खिँ स्थापना भएको अध्यक्ष तिलक सुनुवारले जानकारी दिए ।

 

 

कार्यक्रममा गायक तथा संगीतकार पुष्कर सुनुवार, गायक नवीन सुनुवार, जितेन्द्र सुनुवार, गायिका पूजा सुनुवार, सन्ध्या सुनुवार, वविता सुनुवार, कल्पना सुनुवार, सरस्वती सुनुवारले आ-आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको मुख्य प्रायोजक दायो रेष्ट्रो र कोइँच क्याफे डि हट प्लेट रहेको थियो भने मिडिया पार्टनरमा www.akhabarnepal.com, aarthikplus.com, sunuwar.org, namastetimes.com, ईन्डजिनियस टेलिभिजन र अगुल्टो साप्ताहिक रहेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...