YouTube Link

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्डर सुदर्शनसहित ८ पक्राउ

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् ।

प्रदेश ३ प्रहरी, महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार उनीसहित विप्लव नेकपाका ८ नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सुदर्शनसहितको टोली काठमाडौं आइरहेका बेला अपरेसनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरू निजी गाडीमा काठमाडौं आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरिररहेको छ ।

विप्लव नेकपाका तीनवटा कमान्डमध्ये उपत्यका हेर्ने मध्य कमान्डका प्रमुख हुन् सुदर्शन । उनले गत फागुन १० गते ललितपुरको नख्खुमा एनसेल मुख्यालय बाहिर भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । बिस्फोटमा एकजनाको मृत्यु र दुइजना घाइते भएका थिए । प्रहरीले मंगलबार काभ्रेको काफलडाँडामा गरेको अपरेसनका क्रममा सुदर्शन भाग्न सफल भएका थिए । प्रहरीले उनको खोजी गरिररहेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...