ज्यापु समाजको आयोजनामा मनाईयो होली
वि.सं.२०७५ चैत ७ बिहीवार १७:२५
1.2K
sharesज्यापु समाजले होलि पुन्हिको उपलक्ष्यमा होली पर्व मनाएको छ । समाजको सामाजिक तथा न्याय बिभाग अन्तर्गत संग्रहालय, पर्यटन तथा बिदेश सम्बन्ध उपसमितिको आयोजनामा होलि पर्व मनाउदै ललितपुर नगर परिक्रमा गरेको थियो । परिक्रमा गर्ने क्रममा स्वदेशी तथा बिदेशी पर्यटकहरु समेतको उल्लेख्य सहभागीता रहेकोे थियो ।
समाजको आयोजनामा भएको होली कार्यक्रममा चाईनाको गोङ्गजाउ अफ सान बाट १७ जना पर्यटकहरु सहभागि भएका थिए । चाइनामा नभएको यस्तो रमाईलो पर्व होलीमा गत वर्ष सहभागी भएर नौलो अनुभव गरेको र यसपालि पनि सहभागी हुन पाउँदा निकै खुसि लागेको उनिहरुले बताए । नेपालीहरुसँग हाँसि खुसि होलि खेल्दा दुई देशका जनता बिच आत्मियता बढाएको बताउदै होलि पर्वको छुट्टै महत्व रहेको टोलिका प्रमुख लिन त्व लिले बताए ।
साथै उनले प्रत्येक वर्षको होलिमा सहभागी जनाउने समेत प्रतिबद्धता जनाए । त्यस्तै पिस एण्ड जों टुर्ष एण्ड ट्राभल्स तथा चिन नेपाल गोल्डेन ब्रिगका अध्यक्ष आपुलाल अवालेले नेपालको विभिन्न चाडपर्व मध्ये विशेष महत्वका साथ मनाउने होलि पर्वमा बिदेशीहरुलाई पनि सहभागि गरेकोमा यसको छुट्टै महत्व रहेको बताउँदै नेपाली संस्कृतिको संरक्षण गर्ने ज्यापु समाजको उद्देश्य अनुरुप नेपाल सरकारको भिजिट नेपाल ट्वान्टी ट्वान्टी महाअभियानमा समेत सहयोग पुग्ने पर्यटन र संस्कृतिमा सहभागी यस्ता गतिबिधिहरुमा सक्दो सञ्चालन गर्ने कुराको जानकारी दिए ।
वि.सं.२०७५ चैत ७ बिहीवार १७:२५