आज पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति स्व. गिरीजाप्रसाद कोइरालको नवौं स्मृति दिवस
वि.सं.२०७५ चैत ७ बिहीवार ०९:०६
828
sharesकाठमाडौं: आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरीजाप्रसाद कोइरालको नवौं स्मृति दिवस कांग्रेस तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
१९८१ मा जन्मिएका भएका गिरीजाप्रसाद कोइराला २०४८ सालको आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । कोइराला चार पटक मुलुकको प्रधानमन्त्री बनेर देश विकासमा महत्वपूर्ण योगदान पुर्यायाएको थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई कोइराला लगायत अन्य दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरेर अघि बढेका थिए ।
१० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइएको थियो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो ।
वि.सं.२०७५ चैत ७ बिहीवार ०९:०६