Health Ad
YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज कुवेतसँग खेल्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग खेल्दै छ । दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् ।

हालै प्रशिक्षकको जिम्मेवारी पाएका कालिनको नेपालबाट यो पहिलो भ्रमण हो । र, कालिनका लागि यस मैत्रीपूर्ण खेल परिक्षाको रुपमा समेत हुनेछ । यस्तै मुख्य प्रशिक्षक कालिनले कुवेत नौलो टोली रहेको भएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताए ।

नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसंग सन् दुई हजारमा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ । त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आगामी मंगलबार दोस्रो खेल खेल्नेछ । यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका ६ सदस्य यू-२३ टोलीमा रहेका कारण नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।

नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ ।
मिडफिल्डर : रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ ।
फरवार्ड : रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...