YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज कुवेतसँग खेल्दै

Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग खेल्दै छ । दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् ।

हालै प्रशिक्षकको जिम्मेवारी पाएका कालिनको नेपालबाट यो पहिलो भ्रमण हो । र, कालिनका लागि यस मैत्रीपूर्ण खेल परिक्षाको रुपमा समेत हुनेछ । यस्तै मुख्य प्रशिक्षक कालिनले कुवेत नौलो टोली रहेको भएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताए ।

नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसंग सन् दुई हजारमा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ । त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आगामी मंगलबार दोस्रो खेल खेल्नेछ । यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका ६ सदस्य यू-२३ टोलीमा रहेका कारण नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।

नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ ।
मिडफिल्डर : रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ ।
फरवार्ड : रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...