YouTube Link

हिंसा र चन्दा आतंक छाडेर मूलधारको राजनीतिमा आउन विप्लव समूहलाई नेपाली कांग्रेसको आह्वान

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर मूलधारको राजनीतिमा आउन आह्वान गरेको छ । बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढ्न र सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्नपनि आग्रह गरेको छ ।

निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएर अघि बढन सरकारलाई आग्रह गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले पार्टीको केन्द्रीय निर्वाचन समितिलार्इ पनि पूर्णता दिएको छ । बैठकले सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । त्यसैगरी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरेको छ । विधान अनुमोदनका लागि नेता लेखक संयोजक र इश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदीप पौडेल र जीवन परियार सदस्य रहेको नियमावली निर्माण समिति गठन गरेको हो । त्यसैगरी बैठकले नेता भिष्मराज आङदम्बे संयोजक रहेको केन्द्रिय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङलार्इ थप गरी पूर्णता दिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

वि.सं.२०८२ असार २५ बुधवार १४:१४

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८२ असार २४ मंगलवार ०७:१७

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो...

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०८२ असार २४ मंगलवार ०७:०३

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

वि.सं.२०८२ असार २३ सोमवार ०८:०६

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार २३ सोमवार ०७:४९

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...