YouTube Link

पाँचौँ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुँदै

Facebook Link

काठमाडौं: बिराटनगरमा जारी पाँचौँ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुँदै छन् । आज हुने पहिलो सेमिफाईनलमा नेपालले श्रीलंकाको सामना गर्दैछ ।

समुह चरणका दुई वटै खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको नेपाल अपराजित रहँदै फाइनलको यात्रा तय गर्ने मनस्थितिमा रहेको छ । नेपाल समुह ए को बिजेता बन्दै समिफाईनल प्रवेश गरेको हो भने श्रीलंका समूह बी को उपबिजेता हो । तुलनात्मक रुपमा नेपालभन्दा श्रीलंकालाई केही कमजोर टीमका रुपमा लिइएको छ तर सेमिफाईनल खेल भएकाले बिपक्षीलाई पनि बलियो रुपमा हेरिएको प्रशिक्षक हरि खड्काले बताएका छन् । यसअघि ५ पटक आमने सामने भएका नेपाल र श्रीलंकाबीचको सबै खेलमा नेपालले जित हासिल गरेको छ ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने लक्षसहित बिराटनगर पुगेको नेपाली टोली आजको खेलका लागि शारीरिक र मानसिक रुपमा अब्बल रहेको प्रशिक्षक खड्काको दावी छ । यस्तै आज नै हुने दोस्रो सेमिफाईनलमा ४ पटकको उपाधि बिजेता भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहीद रंगशालामा नेपाल र श्रीलंका बीचको खेल विहान ११ बजे सुरु हुनेछ भने भारत र बंगलादेशबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...