YouTube Link

४६ जिल्लामा फैलियो कोरोना, एकै पटक ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

Facebook Link

काठमाडौं: नेपालमा थप ९० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४६ जिल्लामा गरि ७ सय ७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु महोत्तरी मनरा गाउँपालिका-१० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुई जना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका-१ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीन जना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै रौतहट गौर नगरपालिकामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एक जना महिला रहेको मन्त्रालयले जनाएको छ । यस्तै रौतहटकै देवाही गोनाही नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

मन्त्रालयका अनुसार रौतहटकै राजदेवी नगरपालिकाका २२ वर्षीय पुरुष, रौतहटकै गरुडा नगरपालिकाका एक जना २४ वर्षीय पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एक जना १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरु कपिलवस्तु मायादेवि ७ का दुई जना २२ र ५० वर्षीय पुरुष, अर्घाखाँची कमला माविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एक जना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपँक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुई जना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालगञ्जमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुडुवाका २०, २१, ३६, ४० वर्षीय पुरुष, बाँकेको राप्ती सोनारी वडा नम्बर-३ का एक जना ४६ वर्षीय पुरुष, वडा नम्बर ९ का एक जना ३८ वर्षीय पुरुष र बाँकेकै वैजनाथ-३ का ३० वर्षीय पुरुष रहेका छन् । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । जसमध्ये २ वर्षीया बालिकालगायत २९ वर्षदेखि ५५ वर्षका ३२ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर १, २ र ८ का रहेका छन् ।

उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ । अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक संक्रमित छन् । मंगलबार अपराह्नसम्म देशका विभिन्न स्थानमा ५५ हजार २८२ जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । हालसम्म ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...