YouTube Link

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर लगत संकलन सुरु

Facebook Link

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर चैत १ गतेदेखि लगत संकलन सुरु गरेको छ ।

चैतभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेका शैक्षिक योग्यता, सीप तथा तालीमको विवरण, कामको अनुभव, आफूले काम गर्न चाहेको क्षेत्र, काममा खटिन चाहेको सम्भावित समय र काम गर्न चाहेको स्थान खुलाएर निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित बेरोजगारको निवेदन गाउँ तथा नगरसभाको अनुमोदनपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा समावेश हुनेछ ।

सूचीकृत बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी नभए ५० दिनको पारिश्रमिक बराबर बेरोजगार भत्ता उपलब्ध गराउने सरकारको कार्यक्रम कार्यान्वयनमा ल्याउन रोजगार संयोजकहरु खटिएका छन् । व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायत सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यमा सहकार्य र समन्वय गरी एकीकृत रूपमा थप आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना छ ।

संघीय, प्रदेश र स्थानीय तहका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त सङ्ख्यामा थप रोजगारी सिर्जना गर्ने र केन्द्रमार्फत् श्रमिक आपूर्ति गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् सय दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ ।

एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ घोषणा गर्नुभएको थियो । देशभर चैत एक देखि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभरबाटै बेरोजगारको लगत संकलनका लागि ५ सय २१ स्थानीय तहमा रोजगार संयोजक खटाइए पनि २ सय ३२ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन बाँकी छ ।

यस कार्यक्रमका लागि अपुग २ सय ६८ जना कर्मचारी खुला प्रतिश्पर्धाबाट नियुक्तिका लागि फागुन ३० गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना प्रकाशित गरेको छ । कार्यक्रम सकारात्मक भएपनि पूरा तयारीविना सुरु गरिएकाले यसको प्रभावकारीतामाथि प्रश्न गर्ने ठाउँ प्रशस्तै छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...