YouTube Link

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर लगत संकलन सुरु

Khanepani Dhal
Facebook Link

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर चैत १ गतेदेखि लगत संकलन सुरु गरेको छ ।

चैतभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेका शैक्षिक योग्यता, सीप तथा तालीमको विवरण, कामको अनुभव, आफूले काम गर्न चाहेको क्षेत्र, काममा खटिन चाहेको सम्भावित समय र काम गर्न चाहेको स्थान खुलाएर निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित बेरोजगारको निवेदन गाउँ तथा नगरसभाको अनुमोदनपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा समावेश हुनेछ ।

सूचीकृत बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी नभए ५० दिनको पारिश्रमिक बराबर बेरोजगार भत्ता उपलब्ध गराउने सरकारको कार्यक्रम कार्यान्वयनमा ल्याउन रोजगार संयोजकहरु खटिएका छन् । व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायत सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यमा सहकार्य र समन्वय गरी एकीकृत रूपमा थप आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना छ ।

संघीय, प्रदेश र स्थानीय तहका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त सङ्ख्यामा थप रोजगारी सिर्जना गर्ने र केन्द्रमार्फत् श्रमिक आपूर्ति गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् सय दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ ।

एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ घोषणा गर्नुभएको थियो । देशभर चैत एक देखि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभरबाटै बेरोजगारको लगत संकलनका लागि ५ सय २१ स्थानीय तहमा रोजगार संयोजक खटाइए पनि २ सय ३२ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन बाँकी छ ।

यस कार्यक्रमका लागि अपुग २ सय ६८ जना कर्मचारी खुला प्रतिश्पर्धाबाट नियुक्तिका लागि फागुन ३० गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना प्रकाशित गरेको छ । कार्यक्रम सकारात्मक भएपनि पूरा तयारीविना सुरु गरिएकाले यसको प्रभावकारीतामाथि प्रश्न गर्ने ठाउँ प्रशस्तै छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...