YouTube Link

पक्राउ परेका नेता कार्यकर्ता रिहाई र देशव्यापी धरपकड रोकिनुपर्ने माग गर्दै विप्लव समूहले गरेको बन्दको प्रभाव देशभर

Facebook Link

काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा राजधानी सहित देशभर परेको छ । राजधानीमा अरु दिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा भने देखिँएका छैनन् ।

अधिकांश स्कुल कलेज भने बन्द छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै जिल्लामा पनि बन्दको सामान्य प्रभाव रहेको हाम्रा जिल्ला सहकर्मीहरुले जनाएका छन् ।

यसैबिच पोखराका २ स्थानमा बम फेला परेका छन् । भने गोरखामा पनि क्याम्पसरोड र बाह्रकिलामा पनिे शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलार्इ सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कैलालीमा पनि म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगजनी भएको छ । बन्द गर्दै हिडेका विप्लव माओवादीका तीन जना प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समुहले पेट्रोल खन्याएर अगजनी गरेको छ । आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...