YouTube Link

पक्राउ परेका नेता कार्यकर्ता रिहाई र देशव्यापी धरपकड रोकिनुपर्ने माग गर्दै विप्लव समूहले गरेको बन्दको प्रभाव देशभर

Khanepani Dhal
Facebook Link

काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा राजधानी सहित देशभर परेको छ । राजधानीमा अरु दिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा भने देखिँएका छैनन् ।

अधिकांश स्कुल कलेज भने बन्द छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै जिल्लामा पनि बन्दको सामान्य प्रभाव रहेको हाम्रा जिल्ला सहकर्मीहरुले जनाएका छन् ।

यसैबिच पोखराका २ स्थानमा बम फेला परेका छन् । भने गोरखामा पनि क्याम्पसरोड र बाह्रकिलामा पनिे शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलार्इ सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कैलालीमा पनि म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगजनी भएको छ । बन्द गर्दै हिडेका विप्लव माओवादीका तीन जना प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समुहले पेट्रोल खन्याएर अगजनी गरेको छ । आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...