Health Ad
YouTube Link

सरकार र सिके राउत सम्झौता : मधेशलाई औपनिवेशिक मुलुकको रुपमा चित्रित गरेको विषय सरकार अनविज्ञ

Khanepani Dhal
Facebook Link

काठमाडौं: मधेशलाई छुट्टै देशको माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका चन्द्रकान्त (सिके) राउतसँग राजनीतिक सहमति गरेसँगै सरकारले ठुलो उपलब्धी मानेको छ । तर राउतले छुट्टै मधेशको लागि अन्तराष्ट्रिय मान्यताको खोजीमा यूएनपीओमा आबद्ध भई रणनीतिक कदम चालिरहेको खुलेको छ ।

वि.स. २०६८ सालदेखि मधेश स्वतन्त्र हुनुपर्ने माग गर्दै आएका थिए सिके राउत पटक-पटक राज्यविप्लवको मुद्दामा पक्राउ पर्दै छुट्दै आएका थिए । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि फागुन २३ गते जेलबाट रिहा भएसँगै २४ नै प्रधानमन्त्रीकै उपस्थितिमा सरकारसँग ११ बुदेँ राजनीतिक सहमति भयो । यसलाई सरकारले ठुलो उपलब्धि मानेको छ ।

तर सरकारसँग भएको सहमतिसँगै मधेश झरेका राउतका समर्थकले स्वतन्त्र मधेशको पक्षमा खुलेर वकालत मात्रै गरिरहेका छैनन्, मधेश छुट्टै प्रदेशको ब्यानर लिएर कार्यक्रम गरिरहेका छन् । राउतले चीनको स्वशासित क्षेत्र तिब्वत र ताइवान जस्तै नेपालको मधेश भएको दाबी एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । यूएनपिओ नामक अन्तर्राष्ट्रिय संस्था मार्फत छुट्टै देश मधेशको लागि सन् २०१७ देखि लविङ गरिरहेको खुलेको हो ।

सन् १९९१ मा नेदरल्याण्डको हेगमा स्थापना भएको यो संस्था ४४ सदस्य रहेका छन् । जसमा २६ औं स्थानमा मधेश उल्लेख छ । प्रतिनिधित्व विहिन वा औपनिवेशिक भूमिकामा रहेका राष्ट्र र जनताको संगठनमा यो संगठन सक्रिय रुपमा लागिरहेको छ । आफ्नो अधिकारको लागि अन्तराष्ट्रिय समर्थन जुटाउन सक्रिय संस्था हो । राउतले सन् २०१७ मा सदस्यता युएनपिओको सदस्य बनि गतिविधि गरिरहेका छन् ।
युएनपिओकै वेभसाइटमा देशकै झै परिचय दिने गरि मधेशको जनसंख्या, भूगोल, जाती, धर्म तथा अन्य विषयमा उल्लेख छ । जस अनुसार सन् २०११ को जनगणना अनुसार १ करोड ३३ लाख जनसंख्या, २३ हजार ६८ वर्गकिलोमिटर क्षेत्रफल, मध्यदेशिय भाषा अर्थात अवधी, बजिका, भोजपुरी, मैथिली राजवंशी लगायत उल्लेख छ ।

अन्तराष्ट्रिय संस्थासँग आबद्धताबारे सरकारसँग राजनीतिक सहमतिमा कहिकतै उल्लेख भएको छैन । न राउतले संस्था छोडेको नै घोषणा गरेका छन् । राउतले मुलुकभित्र मात्र होइन, अन्तराष्ट्रिय संस्थामै आबद्ध भएर संगठित रुपमै मधेशलाई औपनिवेशिक मुलुकको रुपमा चित्रित गरेको विषय सरकार अनविज्ञ छ । के मधेश चीनको तिब्बत, ताइवानजस्तै नेपालको भू भाग हो ? पक्कै होइन । राष्ट्रियताको सवालमा यति धेरै गम्भीर विषयमा सरकारले तत्काल धारणा बनाउनु जरुरी छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...