YouTube Link

सरकार र सिके राउत सम्झौता : मधेशलाई औपनिवेशिक मुलुकको रुपमा चित्रित गरेको विषय सरकार अनविज्ञ

Facebook Link

काठमाडौं: मधेशलाई छुट्टै देशको माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका चन्द्रकान्त (सिके) राउतसँग राजनीतिक सहमति गरेसँगै सरकारले ठुलो उपलब्धी मानेको छ । तर राउतले छुट्टै मधेशको लागि अन्तराष्ट्रिय मान्यताको खोजीमा यूएनपीओमा आबद्ध भई रणनीतिक कदम चालिरहेको खुलेको छ ।

वि.स. २०६८ सालदेखि मधेश स्वतन्त्र हुनुपर्ने माग गर्दै आएका थिए सिके राउत पटक-पटक राज्यविप्लवको मुद्दामा पक्राउ पर्दै छुट्दै आएका थिए । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि फागुन २३ गते जेलबाट रिहा भएसँगै २४ नै प्रधानमन्त्रीकै उपस्थितिमा सरकारसँग ११ बुदेँ राजनीतिक सहमति भयो । यसलाई सरकारले ठुलो उपलब्धि मानेको छ ।

तर सरकारसँग भएको सहमतिसँगै मधेश झरेका राउतका समर्थकले स्वतन्त्र मधेशको पक्षमा खुलेर वकालत मात्रै गरिरहेका छैनन्, मधेश छुट्टै प्रदेशको ब्यानर लिएर कार्यक्रम गरिरहेका छन् । राउतले चीनको स्वशासित क्षेत्र तिब्वत र ताइवान जस्तै नेपालको मधेश भएको दाबी एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । यूएनपिओ नामक अन्तर्राष्ट्रिय संस्था मार्फत छुट्टै देश मधेशको लागि सन् २०१७ देखि लविङ गरिरहेको खुलेको हो ।

सन् १९९१ मा नेदरल्याण्डको हेगमा स्थापना भएको यो संस्था ४४ सदस्य रहेका छन् । जसमा २६ औं स्थानमा मधेश उल्लेख छ । प्रतिनिधित्व विहिन वा औपनिवेशिक भूमिकामा रहेका राष्ट्र र जनताको संगठनमा यो संगठन सक्रिय रुपमा लागिरहेको छ । आफ्नो अधिकारको लागि अन्तराष्ट्रिय समर्थन जुटाउन सक्रिय संस्था हो । राउतले सन् २०१७ मा सदस्यता युएनपिओको सदस्य बनि गतिविधि गरिरहेका छन् ।
युएनपिओकै वेभसाइटमा देशकै झै परिचय दिने गरि मधेशको जनसंख्या, भूगोल, जाती, धर्म तथा अन्य विषयमा उल्लेख छ । जस अनुसार सन् २०११ को जनगणना अनुसार १ करोड ३३ लाख जनसंख्या, २३ हजार ६८ वर्गकिलोमिटर क्षेत्रफल, मध्यदेशिय भाषा अर्थात अवधी, बजिका, भोजपुरी, मैथिली राजवंशी लगायत उल्लेख छ ।

अन्तराष्ट्रिय संस्थासँग आबद्धताबारे सरकारसँग राजनीतिक सहमतिमा कहिकतै उल्लेख भएको छैन । न राउतले संस्था छोडेको नै घोषणा गरेका छन् । राउतले मुलुकभित्र मात्र होइन, अन्तराष्ट्रिय संस्थामै आबद्ध भएर संगठित रुपमै मधेशलाई औपनिवेशिक मुलुकको रुपमा चित्रित गरेको विषय सरकार अनविज्ञ छ । के मधेश चीनको तिब्बत, ताइवानजस्तै नेपालको भू भाग हो ? पक्कै होइन । राष्ट्रियताको सवालमा यति धेरै गम्भीर विषयमा सरकारले तत्काल धारणा बनाउनु जरुरी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...